काठमाडौं । सहकर्मी महिला शिक्षकमाथि दुर्व्यवहार तथा अस्लील हर्कत गर्ने दाङका एक शिक्षक पक्राउ परेका छन् ।
दाङको घोराहीमा रहेको सिद्धार्थ एकेडेमीमा कार्यरत शिक्षक शिव कुमार रानालाई सहकर्मी महिला शिक्षकमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
रानाले महिला शिक्षकमाथि दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो ।
शिद्धार्थ एकेडेमीमा कार्यरत एक महिला शिक्षकले आफूमाथि शिक्षक रानाले गर्ने गरेको दुर्व्यहारको भिडियो खिचेर सामाजिक सञ्जालमा शेयर गरेकी थिइन् ।
भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो ।
पीडित शिक्षकले मौखिक उजुरी समेत दिएपछि प्रहरीले शिक्षक रानालाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको हो ।
प्रहरी प्रधान कार्यालयले पक्राउ परेका शिक्षक रानाविरुद्ध अभद्र व्यवहारको कसुरमा म्याद थप भई अनुसन्धान शुरु गरिएको जानकारी दिएको छ ।
दाङ, घोराही स्थित सिद्धार्थ एकेडेमीमा कार्यरत शिक्षक शिव कुमार रानाले सहकर्मी शिक्षिकालाई दुर्व्यवहार गरेको भिडियो…
Posted by Nepal Police on Thursday, October 8, 2020