काठमाडौं । नेपाल प्रहरीको हेडक्वार्टरले विभिन्न ठाँउमा प्रहरी पोसाकको गलत प्रयोग भइरहेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ।
नेपाल प्रहरीले प्रयोग गर्ने पोसाक, दर्ज्यानी चिन्ह र मोनोग्रामको दुरुपयोग भइरहेको भन्दै प्रहरी प्रधान कार्यालयले बिहिबार विज्ञप्ति जारी गरेको हो।
बिना स्वीकृती प्रयोग गरेमा प्रचलित कानुन बमोजिम कारबाही हुने विज्ञप्ति मार्फत प्रहरीले जानकारी दिएको छ।