ओली प्रचण्डबीच साढे २ घन्टा बैठक, मन्त्री फेर्ने विषयमा यस्तो भयो कुराकानी

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहिबार  ३ : ४८


काठमाडौं । सत्तारुढ दल नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको भेटवार्ता सकिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा पार्टी एकताका बाँकी काम, सरकारले गर्ने संवैधानिक नियुक्ति तथा राजनीतिक नियुक्ति, मन्त्रिमण्डल हेरफेर लगायतका विषयमा छलफल भएको जनाइएको छ ।

दुई अध्यक्षबीच करिब साढे २ घन्टा छलफल भएको थियो ।

दुईजना अध्यक्षबीच आज भएको छलफलमा खाली रहेका मन्त्रालयमा तत्कालै मन्त्री नियुक्त गर्ने र बाँकी काम तिहारपछि गर्ने सहमति भएको स्रोतको दाबी छ ।

 


प्रतिक्रिया दिनुहोस्