टिभीमा उपराष्ट्रपतिको टाउकोमा झिँगा आएर बसेपछि..(भिडियो)

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहिबार  २ : ३६


वासिंगटन। अमेरिकामा अहिले राष्ट्रपतीय निर्वाचनको माहौल छ।

उम्मेद्वारहरु आगामी नोभम्बरमा हुने उक्त चुनावको नतिजा आफ्नो पक्षमा पार्न अभियान चलाइरहेका छन्।

प्रतिस्पर्धीहरुबीच टिभीमा उनीहरुका विभिन्न मुद्धाबारे बहस समेत गराइन्छ।

यसपाली राष्ट्रपतिका लागि रिपब्लिकन पार्टीको तर्फबाट वहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्प उम्मेद्वार छन् भने डेमोक्रेटिक पार्टीको तर्फबाट पूर्व उपराष्ट्रपति जो बाइडेन उम्मेदवार।

यस्तै, उपराष्ट्रपतिका लागि हालका उपराष्ट्रपति माइक पेन्स रिपब्लिकनको तर्फबाट र डेमोक्रेटिक पार्टीको तर्फबाट कमला ह्यारिसले उम्मेदवार एकी छिन्।

राष्ट्रपतिका उम्मेद्वार ट्रम्प र बाइडेन बीच पहिलो टिभी डिबेट कार्यक्रम सम्पन्न भइसकेको छ।

बुधबार, उपराष्ट्रपतिका उम्मेद्वार कमला र माइकपेन्सबीच पहिलो टिभी डिबेट कार्यक्रम आयोजना भएको थियो ।

विभिन्न मुद्धामा दुवै जनाबीच बहस भइरहँदा एउटा झिंगा उपराष्ट्रपतिका उम्मेवद्वार माइक पेन्सको टाउकोमा आएर बस्यो। जसको चर्चा अहिले सामाजिक सञ्जालमा भइरहेको छ।

दुवै जनाले के मुद्धामा बहस गरे भन्दा पनि झिंगाको कारण उक्त बहस चर्चामा छ।

२ मनेटसम्म झिंगा टाउकोमा बसेको भएपनि त्यसैका कारण कार्यक्रम भने बीचमै रोकिएको थिएन।


प्रतिक्रिया दिनुहोस्