धनगढी । कैलालीमा ११ वर्षकी एक बालिका आफ्नै बुवाबाट जबरजस्ती करणीको शिकार बनेकी छन् ।
कैलालीको गोदावरी नगरपालिका–वडा नम्बर ११ की ११ वर्षीया बालिकालाई ४५ वर्षीया बुवाले बलात्कार गरेको घटना सार्वजनिक भएको हो ।
बालिकाले बुवाले आफूमाथि बलात्कार गरेको बताएपछि प्रहरीमा उजुरी परेको छ ।
प्रहरीका अनुसार शनिबार राति बुवाले आफूमाथि बलात्कार गरेको पीडित बालिकाले बताएकी छन् ।
प्रहरीले उजुरी दर्ता गरेर प्रक्रिया अगाडि बढाइएको जनाएको छ । तर, छोरीमाथि बलात्कार गरेको आरोप लागेका बुवा भने फरार छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रतिक विष्टले छोरीमाथि बलात्कारको आरोप लागेपछि फरार भएका व्यक्तिको खोजी भइरहेको जानकारी दिए ।