डा.केसीको जीवनरक्षामा ध्यान दिऔँ : प्रवक्ता श्रेष्ठ

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहिबार  १ : ५४


सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नाराणकाजी श्रेष्ठले अनसनरत डा.गोविन्द केसीको जिवनरक्षामा ध्यान दिन सरकारलाई आग्रह गरेका छन्।

असनको २५ औं दिन हुँदा बिहिबार डा केसी र सरकारी वार्ता टोलीबीच छलफल सुरु भएको छ।

डा.केसीको स्वास्थ्य कमजोर बन्दै गइरहेका बेला प्रवक्ता श्रेष्ठले जिवनरक्षामा ध्यान दिन सरकारलाई आग्रह गरेका हुन।

एक ट्विट मार्फत प्रवक्ता श्रेष्ठले डा.केसीको सत्याग्रहको बलमा चिकित्सा शिक्षा र स्वास्थ्य सेवाका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हाँसिल भएको पनि बताएका छन्। यो सबै नेपालीका लासिग खुसीको कुरा भएको उनको भनाइ छ।

‘डा.गोविन्द केसी १९ औं अनशनको २५औं दिनमा हुनुहुन्छ। डा.केसीसँग कयौँ विषयमा असहमति हुन सक्ला र छन् पनि। सबै मिलेर कोरोनाको बिरुध्द जुझ्नु पर्ने बेलामा यसपटक अनशनको समयका बारेमा सोच्नु पर्थ्यो भन्ने पनि धेरैलाई लागेकै छ। तर, के कुरामा शंका छैन भने उहाँ निस्वार्थी सत्याग्रही हुनुहुन्छ’, प्रवक्ता श्रेष्ठले फेसबुकमा लेखेका छन्, ‘उहाँको सत्याग्रहको बलमा चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको क्षेत्रमा महत्वपूर्ण उपलब्धि हाँसिल भएका छन् र त्यो सबै नेपालीका लागि खुसीको कुरा हो। उहाँको जीवन महत्वपूर्ण छ र यतिबेला सरकार, उहाँ स्वयं र हामी सबैले उहाँको जीवन रक्षामा ध्यान दिनु पर्दछ।’


प्रतिक्रिया दिनुहोस्