नारायणीमा मृत गैंडा फेला

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहिबार  ९ : १६


चितवन । नारायणी नदीमा एउटा गैंडा मृत फेला परेको छ ।

चितवन रािष्ट्रय निकुञ्जका सूचना अधिकारी अशोक रामका अनुसार नवलपुरको भेलौजीमा गैंडा मृत फेला परेको हो ।

डुङ्गा गस्ती टोलीले बुधबार अपराह्न अन्दाजी १५ वर्षीय गैंडा मृत अवस्थामा फेला पारेको उनले बताए ।

निकुञ्जको गजग्राह पोष्ट नजिक नदीमा डुबेको अवस्थमा फेला परेको गैंडाको खाग र खुर सुरक्षित रहेको रामले बताए ।

पछिल्लो एक सातामा चितवन राष्ट्रिय निकुञ्जमा तीन वटा गैंडा मृत भेटिएका छन् ।

यो आर्थिक वर्षमा ८ वटा गैंडा मृत भेटिएका छन् ।


प्रतिक्रिया दिनुहोस्