भारतका सिबीआई पूर्वप्रमुख आश्वनीकुमारकाे शव घरमा झुण्डिएको अबस्थामा फेला

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहिबार  ९ : ०२


काठमाडौं । भारतको केन्द्रीय अनुसन्धान ब्यूरो (सिबिआई)का पूर्व प्रमुख अश्वनीकुमारले आत्महत्या गरेका छन् ।

उनको शव शिमलास्थित घरमा झुण्डिएको अबस्थामा फेला परेको हो । प्रहरीले उनले आत्महत्या गरेको बताएको छ ।

प्रहरीले घटनास्थलबाट अश्वनीकुमारको सुसाइड नोट पारेको छ। सुसाइड नोटमा ‘आफ्नो अपांगताका कारण यस जीवनलाई समाप्त पारिरहेको र नयाँ जीवनतर्फ बढिरहेको’ उल्लेख गरिएको छ ।

उनी सन् २००८ र २०१० को बीचमा सिबीआई प्रमुख बनेका थिए भने त्यसपछि उनी मणिपुर र नागाल्याण्डका गभर्नर पनि बनेका थिए ।

त्यसपछि उनी एपिजी गोयल शिमला विश्वविद्यालयको कुलपति पनि भएका थिए । त्यहाँबाट २०१८ मा अवकाश लिएका थिए ।


प्रतिक्रिया दिनुहोस्