काठमाडौं । सरकारले अनसनरत डा गोविन्द केसीसँग वार्ताका लागि समिति गठन गरेको केहि समयपछि डा केसीले पनि वार्ता टोली गठन गरेका छन्।
डा केसीका तर्फबाट डा जीवन क्षेत्रीको संयोजकत्वमा ४ सदस्यीय वार्ता टोली गठन गरिएको छ।
वार्ता टोलीका सदस्यहरूमा नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष डा अञ्जनीकुमार झा, संघका वर्तमान अध्यक्ष डा लोचन कार्की र ओम प्रकाश अर्याल छन्।
सरकारले आजैमात्र शिक्षा सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो।
विगत २४ दिनदेखि अनसनरत डा केसीका तर्फको मागमा सरकार उदासिन भएको भन्दै चौतर्फी आलोचना भइरहेको छ।
नेपाल चिकित्सक संघले आजै विज्ञप्ति जारी गर्दै डा.केसीको जिवनरक्षाका लागि आन्दोलन घोषणा गरिसकेको छ।