आज कुन जिल्लामा कति थपिए कोरोना संक्रमित? (विवरण)

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार  ४ : ५८


काठमाडौं । नेपाल एक दिनमा आज अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिएका छन्।

एकैदिन ३४ सय बढी संक्रमित थपिनु यो हालसम्मकै धेरै हो। यसले प्रष्ट देखाउँछ नेपालमा दिनदिनै कसरी फैलिरहेको कोरोना भाइरस।

आज काठमाण्डौ उपत्यकामा मात्र एक हजार ६ सय ८४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बुधबार काठमाण्डौमा १२ सय ९६ जना, भक्तपुरमा ९५ जना र ललितपुरमा दुई सय ९३ जनामा कोरोनाको सङ्क्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा देशभर १४ हजार दुई सय नौ जनाको मात्र पीसीआर परीक्षण गरेकोमा ३४ सय ३९ जनामा सङ्क्रमण देखिएको हो।

आज कुन जिल्लामा कति थपिए संक्रमित? तलको तथ्यांक हेर्नुहोस्


प्रतिक्रिया दिनुहोस्