यसपटक बिग बोसको घरमा गरिए यस्ता परिवर्तन

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार  ३ : २७


कोरोना भाइरसको महामारी विश्वभर फैलिरहेको बेला भारतीय टेलिभिजनको सबैभन्दा चर्चित रीयालीटी शो बिगबोस सिजन १४ शुरु भएको छ । तर यस पटक शोमा केहि परिवर्तन भने गरीएको छ ।

बिगबोस सिजनका निर्माताले यस पटक कोरोना संक्रमणको जोखिमका कारण घरका सदस्य बचाउन केहि परीवर्तन गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

जसमा पहिलो रहेको छ, फीजिकल टास्क । यस पटक शोमा कुनै पनि फिजिकल टास्क हुनेछैन ।

यस पटक सलमान खानका साथमा बिगबोस सीजनलाई लोकप्रिय टेलिभिजन कलाकार तथा यहि शोका पूर्व प्रतियोगी सिद्धार्थ शुक्लाले होस्ट गर्नेछन् ।

यस पटक सिद्धार्थका अलावा शोमा हिना खान, गौहर खान समेत जोडिएका छन् ।

कोरोना संक्रमणको जोखिमलाई मध्य नजर गर्दै बिगबोसको घरमा धेरै कुरामा प्रतिबन्ध लगाइएको छ । तथापी प्रतिस्पर्धीको मनोरञ्जनका निम्ती विशेष ब्यवस्था रहने छ ।

सामाजिक दूरीको पालना गराउन यस पटक बिगबोस घरबाट डबल बैड हटाइएको छ ।

साथै यस पटक एकअर्कालाई छुन, जुठो खान समेत प्रतिबन्ध लगाइएको छ ।

 


प्रतिक्रिया दिनुहोस्