मन्त्री भट्टराईले गरे ओलाङचुङगोलामा बीओपीको उद्घाटन

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार  ३ : ००


काठमाडौं । चीनसँग सीमा जोडिएको ओलाङचुङगोलामा आउट बोर्डर पोष्ट (बिओपी) स्थापना हुने भएको छ ।

पूर्वोत्तर नेपालको उत्तरी सीमा क्षेत्र रहेको ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका वडा नं ७ मौवाटार (ओलाङचुङगोला)मा स्थापना हुने आउट बोर्डर पोष्ट बिओपीको बुधवार उद्घाटन गरिएको छ ।

संस्कृति,पर्यटन तथा नागरिक उड्ययमन्त्री योगेश भट्टराईले बिओपी केन्द्रको बुधवार उद्घाटन गरेका छन् ।

ओलाङ्चुङगोलालाई अस्थायी मुकाम बनाएर बिओपी उद्घाटन गरिएको हो ।


प्रतिक्रिया दिनुहोस्