प्रधानमन्त्रीसँग काँग्रेस प्रवक्ताको प्रश्न-‘डा.केसीलाई कात्रो पठाउने तयारी हो?’

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार  २ : ४२


प्रमुख प्रतिपक्षीदल नेपाली काँग्रेसले सरकारले डा.गोविन्द केसीका मागलाई वेवास्ता गरेको आरोप लगाएको छ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले डा.गोविन्द केसीको अनशनलाई वेवास्ता गरेको उल्लेख गरेका छन्।

विज्ञप्तिमार्फत प्रवक्ता शर्माले प्रधानमन्त्रीलाई गम्भीर प्रश्न शीर्षकमा लेखेका छन्, ‘डा.केसीसँग कुरै नगर्ने बरु कात्रो पठाउने तयारी हो?’

डा.केसी अनसन बसेको आज २४ दिन भइसकेको छ।भोकभोकै अनसनमा बसेको २४ दिन भइसक्दा उनको स्वास्थ्य निकै कमजोर बनेको छ।  स्वास्थ्य क्षेत्रमा विभिन्न सुधारको माग गर्दै डा.केसीले अनशन थालेको लामो समय भइसक्दा पनि सरकारले वेवास्ता गर्दा सरकारको चौतर्फी आलोचना भइरहेको छ।

यस्तो छ विज्ञप्तिको पूर्णपाठ


प्रतिक्रिया दिनुहोस्