भरतपुर महानगरपालिका एक दिनका लागि बन्द

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार  १ : ५२


चितवनको भरतपुर महानगरपालिका आज एक दिनका लागि बन्द गरिएको छ।

तत्कालीन भरतपुर नगरपालिकाका पूर्वनगर प्रमुख हिमबहादुर पियाको आज बिहान निधन भएको शोकमा आज एक दिनका लागि महानगरपालिका बन्द गरिएको प्रशासकीय अधिकृत प्रेमराज जोशीले जानकारी दिए।

महानगरले सार्वजनिक सूचना जारी गर्दै महानगरपालिका र अन्तर्गतका सम्पूर्ण कार्यालय आज एक दिनका लागि बन्द रहने जानकारी गराएको हो।

महानगरपालिका प्रमुख रेनु दाहालले स्व पियाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै परिवारजनमा समवेदना प्रकट गरेका छन।

पियाले तत्कालीन नारायणगढ गाउँ पञ्चायतका प्रधानपञ्च, २०४२ सालमा भरतपुर नगरपालिकाको जनपक्षीय नगर प्रमुख र २०५४ मा भरतपुर नगर प्रमुखका रूपमा निर्वाचित भई भरतपुरको विकासमा महत्वपूर्ण योगदान पुर्याएका थिए।-रासस


प्रतिक्रिया दिनुहोस्