गृहमन्त्रीका राजनीतिक सल्लाहकार सूर्य सुवेदीलाई कोरोना संक्रमण

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार  १२ : ३२


काठमाडौं । गृहमन्त्री रामबहादुर थापा (बादल)का राजनीतिक सल्लाहकार सूर्य सुवेदी (पथिक)लाई कोरोना भाइरसको संक्रमण देखिएको छ ।

गृहमन्त्री बादलसँग निकट रहेर काम गर्ने गरेका सुवेदीले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण देखिएको बताएका छन् ।

आफूलाई कोरोना पोजेटिभ देखिएको बताउँदै सुवेदीले आफ्नो सम्पर्कमा आएका व्यक्तिहरुलाई विशेष सावधानी अपनाउन पनि आग्रह गरेका छन् ।

PCR परीक्षणले
मलाइ कोरोना-पोजिटिभ
देखियो । यसबीचमा सम्पर्कमा रहनुभएका सबै मित्रहरूले विशेष सावधानी अपनाउन आग्रह गर्दछु ।

Posted by Soorya Subedi Pathik on Tuesday, October 6, 2020


प्रतिक्रिया दिनुहोस्