अभिनेत्री पायल घोषमाथि मानहानीको मुद्दा, ऋचा चड्डाले मागिन् १ करोड १० लाख क्षतीपुर्ती

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार  १० : ३२


काठमाडौं । केही दिन अगाडी साउथकी अभिनेत्री पायल घोषले निर्माता अनुराग कश्यपलाई यौन उत्पीडनको आरोप लगाएकी थिइन् ।

उक्त आरोपको खण्डन गर्दै अभिनेत्री ऋचा चड्डाले पायल घोषमाथि मानहानीको मुद्दा दायर गरेकी छिन् ।

पायलसँग उनले १ करोड १० लाख रुपैयाँ क्षतीपुर्तीको समेत माग गरेकी छिन् ।

पायलले एक टेलिभिजन अन्तरवार्तामा आफ्नो नाम अपमानजनक तरिकाले प्रस्तुत गरेको र झुटो बिषयमा आफूलाई मुछेको आरोप ऋचाको छ ।

यो मुद्दाको सुनुवाई अक्टुवर ६ मा हुनुपर्ने थियो । तर, पायल घोष अदालतमा उपस्थित नभएपछि यसको सुनुवाई आज हुँदैछ ।

ऋचाले पायलसँगै समिक्षक कमल आर खान र एक टेलिभिजन च्यानललाई पनि यो मुद्दाको विपक्षी बनाएकी छिन् ।

पायलले यो बिषय अदालतमा पुगेपछि भनेकी थिइन्–‘यो कुरा मैले भनेको होइनँ । मलाई यो कुरा अनुरागले भनेका थिए । अनुरागले मलाई जे भने मैले सोही कुरा भनेको हुँ । ऋचाको नाम अनुरागले किन लिए भनेर मलाई सोध्ने होइन । अनुरागलाई नै सोध्न पर्दछ ।’


प्रतिक्रिया दिनुहोस्