कम उचाइमा हेलिकप्टर उडेपछि इटालीका साइक्लिस्ट दुर्घटनामा परे

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार  ९ : ५६


काठमाडौं । कम उचाइमा रहेको हेलिकप्टरका कारण इटालीका साइक्लिस्ट लुका वाकेरमान दुर्घटनामा परेका छन् ।

दुर्घटनामा घाइते भएका उनलाई अस्पतालमा भर्ना गरिएको छ ।

गिरो डी’इटालिया साइक्लिङ्ग प्रतिस्पर्धाको चौथो चरणको अन्तिम तिर पुगेका बेला अति कम उचाइमा उडेको हेलिकप्टरका कारण लुका दुर्घटनामा परेका हुन् ।

लुकालाई तत्काल अस्पताल लगिएको हो । लुकासँगै एतिएन भान एम्पेलपनि लडेका थिए।


प्रतिक्रिया दिनुहोस्