चितवनमा थप ६२ जनामा कोरोना संक्रमण् पुष्टि

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार  ८ : २१


चितवन । चितवनमा थप ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पतालको कोभिड १९ ल्यावमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका ६२ जनामध्ये ५७ जना चितवनका हुन् ।

बाँकी पाँच जनामध्ये नवलपरासीका एक महिला र एक पुरूष, जाजरकोट हुम्ला र मोरङका एकरएक जना पुरूष रहेको अस्पताल प्रशासनले जनाएको छ ।

भरतपुर अस्पतालले मंगलबार बेलुका सार्वजनिक गरेको विवरणअनुसार भरतपुरका २७ पुरूष र १६ महिलामा संक्रमण पुष्टि भएको छ ।

यस्तै खैरहनीका ३ पुरूष र २ महिलामा पनि संक्रमण भएको छ ।

भरतपुर अस्पतालको कोभिड १९ प्रयोगशाला प्रमुख डा. नीतु अधिकारीले दिएकाे जानकारीअनुसार माडीका एक पुरूष, रत्ननगर र कालिकाका एक एक जना पुरूष र राप्तीका ६ पुरूषमा पनि संक्रमण पुष्टि भएको हाे ।


प्रतिक्रिया दिनुहोस्