ब्ल्याक होल र तारापुञ्जकोबारेमा महत्वपूर्ण अध्ययन गर्ने तीन वैज्ञानिकले भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार पाउने

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलबार  ४ : ४४


काठमाडौं । यसवर्ष भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार तीन जना वैज्ञानिकले पाउने भएका छन् ।

ब्ल्याक होल र तारापुञ्जकोबारेमा महत्वपूर्ण अध्ययन गर्ने तीन वैज्ञानिकले यसवर्ष भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार प्राप्त गर्ने भएका हुने।

रोयल स्विडिस एकेडेमी अफ साइन्सले मंगलबार रोजर पेनरोजलाई ब्ल्याक होलबारे गरेको अध्ययनमा र रिनहार्ड गेनजल र आन्द्रे गेजलाई तारापुञ्जबारे गरेको अध्ययनमा नोबेल पुरस्कार प्रदान गरिने घोषणा गरेको छ।

 


प्रतिक्रिया दिनुहोस्