अनसन बसेको २३ औं दिनमा डा केसीलाई भेट्न अस्पताल पुग्यो सरकारी टोली

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलबार  ४ : ०३


काठमाडौं । सत्याग्रहमा बसेको २३ औं दिनमा सरकारी टोली डा गोविन्द केसीलाई भेट्न त्रिवि शिक्षण अस्पताल पुगेको छ ।

शिक्षासचिव गोपी मैनाली मंगलबार केसीलाई भेट्न शिक्षण अस्पताल गएका हुन्।

केसीलाई भेटेर सचिव मैनालीले सत्याग्रह स्थगित गर्न अनुरोध गरेका थिए।

तर, केसीले सत्याग्रह स्थगित नगर्ने अडान राखे। उनले सरकारका प्रवक्ताकै भनाइअनुसार नै अभिव्यक्ति आएको र त्यसका लागि दुस्ख गरिरहन नपर्ने बताएका थिए।

डा केसीले सरकारी टोलसँग औपचारिक रुपमा वार्ता समिति गठन गरेर आउन भनेका थिए ।

केसीले विभिन्न ६ बुँदे माग राखेर जुम्लामा अनसन थालेका थिए। उनको स्वास्थ्य अवस्था जटिल हुन थालेपछि जुम्लाबाट काठमाडौं ल्याइएको थियो।

लामो समय भइसक्दा पनि सरकारले डा केसीबारे चासो नदिएको भन्दै प्रतिपक्षी नेपाली कांग्रेससहित सर्वसाधारण चिन्ता व्यक्त गरिरहेका छन् ।

 


प्रतिक्रिया दिनुहोस्