२५ वर्षीया महिलाले जन्माइन एकैपटक तीन शिशु

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलबार  ३ : ३२


सर्लाही। सर्लाहीमा एक महिलाले तीन शिशुलाई जन्म दिएकी छिन् ।

जिल्लाको दक्षिणी ग्रामीण भेगस्थित कौडेना गाउँपालिका–१, सुकचैनाका षोषण राउतकी श्रीमती २५ वर्षीया बबिता देवीले यही असोज १६ गते जिल्ला अस्पताल, मलङ्गवामा सामान्य किसिमले तीन शिशुलाई जन्म दिएकी थिइन् । तीनै शिशु छोरा हुन् । उनीहरुमध्ये दुई जना सवा किलो र एक जना डेढ किलोका छन् ।

सामान्यतया बच्चा जन्मिँदा दुई किलो छ सय ग्राम हुनुपर्छ । तर बबिता देवीले जन्म दिएको तीनै जना बच्चा अन्त्यत कम तौलका रहेकाले यो अवस्था दुर्लभ र जटिल रहेको बाल रोग विशेषज्ञ डा गुणेश्वर झाले बताए ।

प्रायः जसो एकैपटकमा एकरदुई वटा शिशु जन्मेपछि, जन्मिने अरु बच्चा जिवित हुने सम्भावना अत्यन्तै न्यून भएपनि जिल्ला अस्पताल मलङ्गवाका डाक्टरहरुको दक्षताले गर्दा तीनवटै बच्चालाई सकुशल जन्म दिन सफल भएका डा झाले बताए ।

अस्पतातले आफूकहाँ पठाउँदा श्वास फेर्न गाह्रो हुनुका साथै चिसो हुन लागिसकेका तीनै जना शिशुको अवस्था अहिले सुधारोन्मुख रहेको र आमा बबिता पनि स्वस्थ रहेको उनले बताए ।

बबिताका यसअघि दुई वटा छोरा । जेठो छोरा पाँच वर्ष र अर्को छोरा साँढे तीन वर्षका छन् ।


प्रतिक्रिया दिनुहोस्