काठमाडौंको जस्तै हविगत नहोस् भनेर प्रदेश राजधानी दाङ तोक्ने प्रस्ताव गरिएको हो– मुख्यमन्त्री पोखरेल

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलबार  २ : ३२


बुटवल । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश राजधानी अर्को काठमाडौंजस्तै नहोस् भन्ने सोचेर स्थायी राजधानी दाङको भालुवाङ क्षेत्रमा तोक्ने प्रस्ताव अगाडि सारिएको बताएका छन् ।

ऐतिहासिक, सांस्कृतिक र वैज्ञानिक सबै महत्वका दृष्टिकोणले उपुक्त लागेर भालुवाङलाई राजधानी तोक्ने प्रस्ताव अगाडि सारिएको पनि मुख्यमन्त्री पोखरेलको भनाइ छ ।

भर्जिन ल्याण्डमा नयाँ सोचका साथ शहर विकास गर्ने गरी दाङको भालुवाङ सहितको राप्ती उपत्यकामा राजधानी तोक्ने प्रस्ताव अगाडि सारिएको मन्त्री पोखरेलले बताए ।


प्रतिक्रिया दिनुहोस्