काठमाडौंमा महिलालाई बन्धक बनाइ हत्या गरेर फरार भएका व्यक्ति डेढ वर्षपछि पक्राउ

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलबार  २ : ११


काठमाडौं । डेढ वर्ष अगाडि काठमाडौंमा एकजना महिलालाई बन्धक बनाएर हत्या गरी फरार भएका व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका–११ स्थायी घर भएका विनय श्रेष्ठ (माझी) भनिने सोमबहादुर राई छन् ।

महानगरीय अपराध महाशाखाको टोलीले राईलाई मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१४ नयाँबस्तीबाट पक्राउ गरेको हो ।

राईले ५ जेठ २०७६ मा काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–९ गोठाटारस्थित रमेश श्रेष्ठको अस्थायी टहरमा महिलालाई बन्धक बनाएर हत्या गरेका थिए ।

सिन्धुपाल्चोकको कर्थली–३ घर भए काठमाडौंको जोरपाटी बस्दै आएकी ३६ वर्षीया पम्फा श्रेष्ठलाई राईले ललाइ फकाइ गोठाटारस्थित अस्थायी टहरोमा ल्याएका थिए ।

अस्थायी टहरोमा नै बन्धक बनाएर हत्या गरी बाहिरबाट ताला लगाएर राई फरार भएका थिए । काठमाडौंमा महिलाको हत्या गरे फरार भएका राईले सोम बहादुर राईको नामबाट जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट नेपाली नागरिकताको प्रमाण पत्र समेत लिएको देखिएको छ ।

अपराध मशाखाले पक्राउ परेका राईविरुद्ध आवश्यक अनुसन्धान र कारबाहीका लागि महानगरीय प्रहरी बृत्त बानेश्वरमा पठाएको छ ।

 


प्रतिक्रिया दिनुहोस्