जनरल इन्स्योरेन्सको आईपीओ बाँडफाँट, तपाईंलाई पर्‍यो ?

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलबार  ११ : ४०


काठमाडौं । जनरल इन्स्योरेन्सको साधारण शेयर (आईपीओ) बाँडफाँट भएको छ । आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धक तोकिएको एनआईबीएल एस क्यापिटलको कार्यालयमा मंगलबार जनरल इन्स्योरेन्सको आईपीओ बाँडफाँट भएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता साधारण शेयर निष्कासन गरेको थियो ।

असोज ११ गतेदेखि असोज १४ गतेसम्म बिक्री खुला गरिएको कम्पनीको आईपीओका लागि ७ लाख ९६ हजार ७ सय ३४ जनाले आवेदन दिएका थिए ।

आवेदन दिएकामध्ये २ लाख ७० हजार जना आवेदकले गोलाप्रथाबाट प्रतिव्यक्ति १० कित्ता शेयर हात पारेका छन् ।

आवेदकबाट २ कराड १४ लाख ५० हजार ३ सय ७० कित्ता शेयर खरिदका लागि आवेदन परेकोमा २ हजार १ सय ८८ जना आवेदकबाट परेको ४८ हजार ६ सय ४० किता शेयरको आवेदन रद्द भएको बिक्री प्रबन्धक एनआईबीएल क्यापिटलले जनाएको छ ।

कम्पनीले बिक्री खुला गरिएको ३० लाख कित्ता शेयरमध्ये १ लाख २० हजार कित्ता संस्थाका कर्मचारीलाई, १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुलाई र बाँकी २७ लाख ३० हजार कित्ता सर्वसाधारण लगानीकर्ताको लागि निष्कासन गरेको थियो ।

 


प्रतिक्रिया दिनुहोस्