भरतपुर । चितवन मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमित एक वृद्धको मृत्यु भएको छ।
कावासोती नगरपालिका-५ का ७७ वर्षीय वृद्धको आज बिहान मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले बताए ।
निमोनिया र स्वासप्रस्वासबाट समस्या भई उनी १६ असोजमा अस्पतालमा भर्ना भएका थिए ।
१८ असोजमा उनलाई कोभिड-१९ पुष्टि भएको थियो। उनको आईसीयू कक्षमा राखेर उपचार गरिएको थियो।