अस्पतालबाट डिस्चार्ज भएपछि ट्रम्पले भने: ‘कोरोनाबाट डराउनु पर्दैन’

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलबार  ८ : ५८


काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तीन दिनपछि अस्पतालबाट डिस्चार्ज भएका छन्।

उनले ट्वीट गरेर कोरोना भाइरसबाट नडराउन र यसबाट आफ्नो जीवनलाई प्रभावित वा दब्न नदिन पनि आफ्ना समर्थकलाई भनेका छन् ।

उनले ट्वीटमा लेखेका छन्, ‘अति राम्रो महसुस गरेको छु । कोभिडबाट डराउनु पर्दैन । यसलाई तपाईँहरुको जीवन दबाउन नदिनुहोस् ।’

कोरोना भाइरसबाट संक्रमित भइ स्वास्थ्यमा समस्या देखिएपछि वाल्टर रीड मिलिटरी मेडिकल सेन्टरमा भर्ना भएका थिए ।

उनी उपचारपछि स्थानीय समय अनुसार सोमबार बेलुका अस्पतालबाट डिस्चार्ज भएका हुन् ।


प्रतिक्रिया दिनुहोस्