भारतका कोरोना संक्रमणबाट एक लाख ३ हजार ६ सयकाे मत्यु, एकैदिन थपिए ५९ हजार बढी संक्रमित

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलबार  ७ : २८


काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ५९ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ५९ हजार ८९३ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ६६ लाख ८२ हजार ७३ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ५६ लाख ५९ हजार ११० जना संक्रमणमुक्त भएका छन् भने ९ लाख १९ हजार ३६३ जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ३ हजार ६०० पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ थप ८८६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।


प्रतिक्रिया दिनुहोस्