श्रीमान् र देवर थुनामा

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  ९ : ३५


तनहुँको व्यास नगरपालिका–१० शेवरमा डेरा गरी बस्ने २१ वर्षीया सुकु परियार गुरुङको मृत्युकाण्डमा उनका श्रीमान् र देवरलाई पुर्पक्षका लागि थुनामा राखिएको छ।

जिल्ला अदालत तनहुँले मृतकका श्रीमान् नवराज र देवर शिशिर गुरुङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।

नवराजलाई जिल्ला कारागार र शिशिरलाई नाबालक भएकाले बालसुधार गृहमा पठाइएको प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए।

गत भदौ २६ गते देवरसँग झगडा परेपछि सुकु कोठाभित्र झुण्डिएका अवस्थामा फेला परेकी थिइन्। लगत्तै प्रहरीले दुवै जनालाई पक्राउ गरेको थियो।

उनीहरुविरुद्ध प्रहरीले कर्तव्य ज्यान मुद्दा दर्ता गरेको छ।पीडित परिवारले सुकुको हत्या भएको बताउँदै आएको छ।


प्रतिक्रिया दिनुहोस्