काठमाडौं । नेपाली कांग्रेसले प्रदेश नं ५ को प्रदेश सभामा सोमबार भएको तोडफोडको घटनाबारे मुख खोलेको छ।
काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रदेश नम्बर ५ को प्रदेश सभामा आफ्नो दलका सांसदले गरेको व्यवहार गलत भएको बताएका छन।
आज प्रदेशसभा बैठक चलिरहेका बेला काँग्रेस सांसदले रोष्टम घेराउँ गर्दै केहिले कुर्सी तोडफोड समेत गरेका थिए।
सामाजिक सञ्जालमा उक्त कदमको भत्सर्ना भइरहेको छ। काँग्रेस प्रवक्ता शर्माले उक्त कुरा काँग्रेसको नीति र संस्कार विपरित रहेको जनाएका छन्।