बूढानीलकण्ठ नगरपालिकामा निःशुल्क टोल फ्री नम्बर सञ्चालनमा आएको छ। कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि यससँग सम्बन्धित विषयमा जानकारी लिन तथा समस्या राख्न आजदेखि निःशुल्क टोल फ्री नं सञ्चालनमा ल्याइएको प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठप्रसाद सापकोटाले जानकारी दिए।
टोल फ्री नं १६६००१०००३२ सञ्चालनमा ल्याएको हुँदा सम्पूर्ण नगरवासीलाई उक्त नंमा सम्पर्क गर्नसमेत अनुरोध गरिएको छ।