काठमाडौं । सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ।
जहाँ १ सय फिट अग्लो पामको रुखमा चढेर एउटा युवकले रुखको टुप्पो काटिरहेका छन्।
द सनका अनुसार उक्त भिडियो फुटेज सान बेर्नाडिनो, क्यालिफोर्नियाको हो। यी साहसी व्यक्तिको परिचय भने खुलाइएको छैन।
उनले रुखको माथिल्लो भागबाटै टुप्पो काटिरहेको भिडियोमा देख्न सकिन्छ। सामाजिक सञ्जालमा उनको साहसलाई लिएर प्रशंसा भइरहेको छ।
What could go wrong chopping a 100-foot palm tree… pic.twitter.com/cj3IjxxNma
— The Sun (@TheSun) October 5, 2020