काठमाडौंमा मात्रै थपिए ११७८ संक्रमित, अन्य कहाँ कति? (विवरण)

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  ४ : ४३


काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २४४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यो सँगै देशभर कोरोना संक्रमितको कुल संख्या ८९ हजार २६३ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ११७८ जना, भक्तपुरमा १०३ र ललितपुरमा २५० जना नयाँ संक्रमित भेटिएका छन्।

योसँगै हालसम्म उपत्यकामा कोराना संक्रमितको संख्या ३१ हजार ४८ पुगेको छ।

अब काठमाडौंमा २५ हजार २२४, ललितपुरमा ३ हजार २३३ र भक्तपुरमा २ हजार ५९१ संक्रमित पुगेका छन्।

आज देशका अन्य जिल्लामा कहाँ कति थपिए?

स्वास्थ्य मन्त्रालयका अनुसार आज इलाममा १, उदयपुरमा ५, ओखलढुंगामा ३, खोटाङमा ३, झापामा ८, तेह्रथुममा १, धनकुटामा १, मोरङमा ५५, संखुवासभामा १ र सुनसरीमा १ सय २२ जना कोरोना संक्रमित थपिएका छन।

यस्तै, प्रदेश २ को धुनषामा १, पर्सामा ८, बारामा ८, महोत्तरीमा २, रौतहटमा ८४, सप्तरीमा ५, सर्लाहीमा ९ र सिरहामा ६ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र १ हजार १ सय ७८ जनामा कोरोना पुष्टि भएको छ।

काभ्रेमा १०, चितवनमा ५२, दोलखामा २, धादिङमा ८, नुवाकोटमा १४, भक्तपुरमा ३९, मकवानपुरमा ३६, चितवनमा १ सय ३, दोलखामा १, धादिङमा १२, नुवाकोटमा १०, भक्तपुरमा १ सय ३, मकवानपुरमा १५, रामेछापमा १२, ललितपुरमा २ सय ५०, सिन्धुलीमा २ र सिन्धुपाल्चोकमा ५ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ६, गोरखामा १७, तनहुँमा १०, नवलपरासी पूर्वमा ६६, पर्वतमा ३, लमजुङमा २, बाग्लुङमा १८ र स्याङजामा ४ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश ५ को अर्घाखाँचीमा १३, कपिलवस्तुमा ८, गुल्मीमा १७, दाङमा ६, नलवपरासीमा ५, पाल्पामा ६, प्युठानमा ५, बर्दियामा ८, बाँकेमा २२ र रुपन्देहीमा ५८ जनामा कोरोना पाइएको छ।

यस्तै, कर्णाली प्रदेशको कालिकोटमा १, दैलेखमा ३, रुकुम पश्चिममा १, सल्यानमा १, सुर्खेतमा ३० जनामा कोरोना पुष्टि भएको छ।

सुदूरपश्चिमको अछाममा १, कञ्चनपुरमा ६, कैलालीमा ३३, डडेल्धुरामा २, बझाङमा १, बाजुरामा १ र बैतडीमा २ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

तलको तथ्यांक हेर्नुहोस्


प्रतिक्रिया दिनुहोस्