क्यान्सर लागेका संजय दत्त दुब्लाए!

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  ४ : २०


नयाँ दिल्ली । बलिउड अभिनेता संजय दत्तलाई दुई महिना अघि क्यान्सर लागेको थाहा भएको थियो।

सास फर्ने गाह्रो भएपछि तथा छातिमा समस्या देखिएपछि उपचार गर्न अस्पताल भर्ना हुँदा उनलाई फोक्सोको तेस्रो चरणको क्यान्सर भएको पत्ता लागेको थियो।

हाल उनी मुम्बईमा उपचार गराइरहेका छन्। यसैबीच, उनको एउटा तस्विर पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। उक्त तस्विरमा उनी दुब्ला र कमजोर देखिएका छन्।

उक्त तस्वीर मुम्बईको एक अस्पतालको हो, जहाँ संजय दत्त एक जना डाक्टरको साथ उभिरहेका छन्।


क्यान्सर भएपछि संजय दत्त हाल फिल्मी क्षेत्रबाट टाढा छन्। फ्यानहरूले उनलाई स्वास्थ्य लाभको लागि कामना गरिरहेका छन्।

उपचारका कारण सञ्जय दत्त दुब्लो भएको बताइएको छ।

तस्बिरहरु सेयर गर्दै उनका एक शुभचिन्तकले लेखेका छन्, ‘बाबाको चाँडै स्वास्थ्य लाभ होस् ‘।


प्रतिक्रिया दिनुहोस्