श्रीनगर । जम्मू कश्मीरको पाम्पोरमा आतंककारी हमला भएको भारतीय सञ्जार माध्यमले जनाएका छन् ।
उक्त आक्रमणमा परि २ भारतीय सैनिकको ज्यान गएको छ भने ५ जना घाइते भएका छन्।
३ जनाको अवस्था गम्भीर रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। २ सैनिकको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
अन्यको उपचार भैरहेको छ। पामपोर बाइपास क्षेत्रमा दिउसो साढे १२ बजे आक्रमण भएको थियो।
आक्रमणकारीले सीआरपीएफ र जम्मू कश्मीरका पुलिसकर्मीहरुको टोलीलाई लक्षि गरि गोली प्रहार गरेका थिए। आक्रमणकारीको खोजी भइरहेको छ।
#UPDATE Of the five CRPF jawans, who were injured after terrorists fired upon the Force’s road opening party (ROP), two jawans lost their lives. More details awaited. #JammuAndKashmir https://t.co/zIZ5pHKXw2
— ANI (@ANI) October 5, 2020