विप्लवका छोरा भन्छन, ‘त्यसरी नबोलेर नहुँने रहेछ’

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  २ : २३


काठमाडौं । केहि दिन अघि विप्लव पुत्र प्रकाश चन्दको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल बन्यो।

जसमा उनले चितवन मेडिकल कलेजका सञ्चालक हरिश्चन्द्र न्यौपानेसँग चेतावनीपूर्ण भाषामा कुराकानी गरिराखेको सुन्न सकिन्छ।

चन्द सोही कलेजमा एमबिबिएस पढेका विद्यार्थी हुन। केहि समयअघि उनी मेडिकल कलेजहरुको चर्को शुल्क असुली विरुद्ध आन्दोलन गरेर चर्चामा आएका थिए। जसपश्चात मेडिकल कलेजहरु शुल्क घटाउन बाध्य भए।

तर, फेरि पनि मेडिकल कलेजहरुले विभिन्न बहानामा बढी शुल्क असुलिरहेको गुनासोका बीच उनी आफैले पढेको कलेजमा पुगेका थिए।

परीक्षा फर्मका लागि २५ सय तोकिएपनि केहि ५ हजार देखि १० हजारसम्म उठाइरहेको विद्यार्थीको गुनासो छ।

चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)ले तोकेको शुल्क भन्दा दोब्बर उठाइरहेको गुनासोका बीच उनले सिएमसीमा गएर अध्यक्ष न्यौपानेसँग फोनमा कुराकानी गरे।

उनले सिएमसीका अध्यक्ष न्यौपानेसँग गरेको फोन संवादको भिडियो भाइरल भएपछि धेरैले राम्रो काम गरेको भन्दै प्रशंसा गरिराखेका छन्। तर, केहिले चन्दले प्रयोग गरेका शब्दमाथि प्रश्न उठाएका छन्।

सामामाजिक सञ्जालमा आलोचना मिश्रित प्रतिक्रिया आइरहँदा चन्दले आफूले त्यस्ता शब्द प्रयोग गरेकोमा सचेत रहेको बताएका छन्।


प्रतिक्रिया दिनुहोस्