सुनको मूल्य आज घट्याे, हेर्नुहाेस कतिमा हुँदैछ काराेबार ?

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  १० : ५५


काठमाडौँ । आज प्रतितोला ४ सय रुपैयाँले घटेर सुन प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो छापावाल सुन प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा कोरोबार भइरहेको छ । हिजो तेजावी सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको भाउ भने स्थिर छ । आज चाँदी प्रतितोला ११ सय ८० रुपैयाँमा कोरोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्