काेराेना संक्रमित ट्रम्पले अस्पताल बाहिर जब समर्थकलाई अभिवादन गरे…

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  ७ : ४८


काठमाडाैं । कोरोना भाइरसबाट संक्रमित भएर वाल्टर रीड मिलिटरी मेडिकल सेन्टरमा उपचाररत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाडीमा अस्पताल बाहिर समर्थकलाई अभिवादन गरेका छन् ।

संक्रमित भएको व्यक्ति सुरक्षित भएर बस्नुपर्ने भएपनि बाहिर निस्कनु गलत भएको भन्दै आलोचना भइरहेको छ ।

ह्वाइट हाउसले भने डाक्टरहरुको स्वीकृतिमा राष्ट्रपति ट्रम्प केहीबेरका लागि गाडीमा बाहिर निस्किएको बताएको छ । तर स्वीकृति दिने डाक्टर को हुन् भन्ने बारे नखुलाइएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

संक्रमित भएर स्वास्थ्यमा समस्या देखिएपछि रेमडेसिभिसहितका औषधि दिइएका तथा अक्सिजन लेभल पनि कम भएका ट्रम्पले गुप्तचर सेवाको गाडीमा अस्पताल बाहिर आएर समर्थकलाई अभिवादन गरेका हुन् । गाडीमा रहेका उनले मास्क मात्रै लगाएका थिए ।


प्रतिक्रिया दिनुहोस्