भारतमा सक्रिय संक्रमित नौ लाख ३६ हजार बढी, २४ घण्टामा थपिए ७४ हजार ७६७ संक्रमित

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  ७ : २८


काठमाडौं । भारतमा अहिलेसम्म ५५ लाख ८३ हजार ४५३ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

त्यहाँ ६६ लाख २२ हजार १८० जनामा कोरोना भाइरस संक्रमण पुष्‍टि भएको छ ।

पछिल्लो २४ घण्टामा ७४ हजार ७६७ संक्रमित थपिएका छन् ।

त्यस्तै ९०२ जनाको मृत्यु भएको छ। भारतमा अहिलेसम्म एक लाख दुई हजार ७१४ जनाको कोभिड-१९ बाट मृत्यु भइसकेको छ ।

अहिले त्यहाँ सक्रिय संक्रमित नौ लाख ३६ हजार १३ जना छन् । तीमध्ये आठ हजार ९४४ जना गम्भीर छन्।


प्रतिक्रिया दिनुहोस्