इटालियन सिरी ए फुटबल: लेओको दुई गोलसँगै मिलानको जित

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  ६ : ५३


काठमाडाैं । इटालियन सिरी ए फुटबलमा एसी मिलानले सहज जित हात पारेको छ ।

आइतबार राति भएको खेलमा मिलानले सेपेजियालाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा मिलानलाई जित दिलाउन राफेल लेओले दुई गोल गरे ।

त्यस्तै थेओ हर्नान्डेजले एक गोल गरे ।

मिलानले तीनै गोल दोस्रो हाफमा गरेको हो ।

खेलको ५७औं मिनेटमा लेओले गोल गर्दै मिलानलाई अग्रता दिलाए ।

७६ औं मिनेटमा हर्नान्डेजले गोल गर्दै मिलानको अग्रता दोब्बर पारे ।

७८औं मिनेटमा लेओले गोल गर्दै मिलानलाई ३(० गोलको जित दिलाए ।

जितसँगै तीन खेल खेलेको मिलान ९ अंकसहित तालिकाको दोस्रो स्थानमा छ ।

समान खेल खेलेको सेपेजिया ३ अंकसहित १५औं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस्