काठमाडौं उपत्यकामा मात्रै थप १५९९ जनामा कोरोना संक्रमण

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  ४ : ४२


काठमाडौं । संघीय राजधानी काठमाडौं उपत्यकामा थप १ हजार ५ सय ९९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका गरी थप १ हजार ५ सय ९९ जना संक्रमण पुष्टि भएको हो ।

उपत्यकामा थपिएका संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौं जिल्लाका १ हजार ३ सय ७३ जना छन् । यस्तै, ललितपुर जिल्लाका १ सय ८७ र भक्तपुर जिल्लाका ३९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा देशभर गरी २ हजार २ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
थप २ हजार २ सय ५३ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ८६ हजार ८ सय २३ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्