काठमाडौं । अहिले पत्रकारहरु तलब नपाएको भन्दै विभिन्न मिडिया विरुद्ध संघर्षमा छन्।
उनीहरु तलब नपाएको, बेतलबी बिदामा बस्न बाध्य बनाइएको तथा जागिरबाट निकाला गरेको भन्दै मिडिया हाउस विरुद्ध संघर्ष थालेका हुन।
पीडीत पत्रकारहरुले संर्घष समितिनै बनाएर आन्दोलन थालेका छन्।
आइतबार प्रमुख राजनीतिक दलका प्रवक्ताहरुलेरिले अनसनरत पत्रकार र कर्मचारीहरुको मागप्रति ऐक्यवद्धता जनाएका छन्।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ताहरुले अनसनरत सञ्चारकर्मीहरुसँग भेटगरी उनीहरुले उठाएका मागप्रति ऐक्यवद्धता जनाएका हुन्।
लोकतन्त्र स्थापनाका लागि महत्वपूर्ण भूमिका खेल्ने सञ्चारकर्मीहरु नै बाँच्न पाउने हकबाट बञ्चित हुने अवस्था आउन नहुने उनीहरुको भनाई छ।
सरकारले कोरोनाकालमा अग्रपंक्तिमा रहेर काम गरिहेका व्यक्तिहरुको सुरक्षा, स्वास्थ्य र प्रोत्साहनका लागि ध्यान दिन नसकेको बेला सत्तारुढ दलकै प्रवक्ता नारायणकाजी श्रेष्ठले कसैलाई पनि बाँच्न पाउने हकबाट बञ्चित गर्न नुहने बताए।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कोरोना सुरु भएको ९ महिना मात्रै भएपनि मिडिया क्षेत्र विगत २, ३ वर्षबाट नै राज्यबाट प्रताडित रहेको बताए।
सञ्चारकर्मीसँग व्यवस्थापक र लगानीकर्ताहरुको हितका लागि समेत सरकारले ध्यान दिन नसकेको उनले बताए।