अस्पतालबाटै काम गर्दै ट्रम्प

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  २ : ४२


कोरोना भाइरसबाट संक्रमित बनेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हाल अस्पतालबाटै नियमित सरकारी काम जारी राखेका छन्।

राष्ट्रपति ट्रम्प र उनकी पत्नी मेलानियामा २ दिन अघि संक्रमण देखिएको थियो।

ट्रम्पले हाल अस्पतालबाटै सरकारको काम गरिरहेको ह्वाइट हाउसले जनाएको छ।

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले तस्बिर सार्वजनिक गर्दै ट्रम्पले अस्पतालबाटै काम गरिरहेको जानकारी दिएको हो।

ट्रम्प दम्पती हाल म्यारील्यान्डको बिथेस्डास्थित रिड नेस्नल मिलिटेरी मेडिकल सेन्टरमा उपचाररत छन्।

ट्रम्पले हालै एक भिडियो सन्देशमा आफू स्वास्थ भएको र यतिबेला आफूले राम्रो महसुस गरिरहेको बताएका थिए।


प्रतिक्रिया दिनुहोस्