मुन्द्रेको कमेडी क्लबबाट दिपाश्रीलाई हटाइयो, अब करिश्मालाई देखिने

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  १२ : १६


काठमाडौं। चर्चित टेलिभिजन कार्यक्रम मुन्द्रेको कमेडी क्लबबाट दिपाश्री निरौलालाई हटाइएको छ ।

उनको स्थानमा चर्चित नायिका करिश्मा मानन्धरलाई ल्याइएको। अब प्रसारण हुने एपिसोडमा दिपाश्रीको ठाउँमा दर्शकले करिश्मालाई देख्नेछन् ।

केही समय अघि दिपाश्रीले राजेश हमाल महानायक बारे दिएको अभिव्यक्तिलाई लिएर विवादमा तानिएकी थिईन् ।

उक्त प्रकरणमा उनको चर्को आलोचना भएपछि उनले माफी मागेकी थिइन् ।

मुन्द्रेको कमेडी क्लब कार्यक्रमका प्रायोजक कम्पनीको दबाबमा नै दिपाश्रीलाई हटाईएको स्रोतको दाबी छ ।

दिपाश्रीले उक्त कार्यक्रममा अध्यक्षता ग्रहण गर्दै आएकी थिईन् । अबको कार्यक्रममा भने अध्यक्षतामा करिश्मालाई देख्न पाईने भएको छ । मुन्द्रेको कमेडी क्लब चर्चित कलाकार जीतु नेपालको रियालटी कमेडी शो हो । कोरोना कहरका कारण उक्त सो लामो समय स्थगित् गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्