एजेन्सी । केही दिन अघि नेपालमा सामाजिक सञ्जाल प्रयोग कर्ताहरुले विभिच्य च्यालेन्जका नाममा फोटाहरु सामाजिक सञ्जालमा पोस्ट गरिरहेका थिए ।
विशेषत विवाहित जोडा जोडी वा अफियरमा रहेकाहरुले कपल च्यालेन्ज नामक च्यालेन्जमा भाग लिँदै सामाजिक सञ्जालमा फोटाहरु पोस्ट गरेका थिए ।
कपल च्यालेन्ज बाहेक पनि सिंगल, बालबालिकासँग सम्बन्धित अनेकौं खालका च्यालेन्जहरु चलेका थिए । जसमा तपाईले पनि भाग लिनुभयो होला । अर्थात तपाईले पनि यस्ता च्यालेन्जहरुमा फोटाहरु सार्वजनिक गर्नु भयो होला ।
तर यसरी च्यालेन्जमा भाग लिएका केही फोटाहरु पोर्न साइट(यौनसँग सम्बन्धित वेवसाइट) हरुमा फेला परेका समाचारहरु सार्वजनिक भएका छन् ।
भारतीय प्रहरीले त झन् यस्ता च्यालेन्जमा भाग नलिन अपिल नै गरेको छ ।
अहिलेसम्म विश्वभरका हजारौं मानिसले इन्स्टाग्राम, ट्वीटर, फेसबुक लागयतका सामाजिक सञ्जालहरुमा ह्यासट्याग कपल च्यालेन्जमा भाग लिइरहेका छन् ।
तर यसरी भाग लिँदा व्यक्तिगत जानकारी लगायतका विवरणसमेत आपराधिक समूहले हात पार्ने भएका कारण यो जोखिम युक्त रहेको बताइएको छ ।
अझ यस्ता तस्वीरहरुलाई यौनसँग सम्बन्धित साइटहरुमा समेत दृेखिको रिपोर्ट प्रहरीकहाँ पुगेपछि भारतको पूणे प्रहरीले कपल च्यालेन्ज र यस्तै अन्यमा तस्वीरहरु राख्दा दुई पटक सोच्नसमेत आग्रह गरेको समाचार भारतीय पत्रिका इन्डियन एक्सप्रेसले प्रकाशित गरेको छ ।
सामाजिक सञ्जालमा चलिरहेका ह्यासट्याग ट्रेन्डमा आफ्नो तस्वीर तथा निजी जानकारी पोस्ट गर्नु अरुका लागि च्यालेञ्ज नभएर आफ्नै
जीवनमाथिको च्यालेञ्जको रुपमा आइलाग्न सक्ने तर्फ विज्ञहरुले सचेत गराएका छन् ।
यो ट्रेन्ड नेपालमा मात्र नभएर अहिले छिमेकी देश भारत, बंग्लादेश लगायतका मुलुकमा पनि खुबै चलेको छ । अहिलेसम्म करिब ३० लाख प्रयोगकर्ताले कपल च्यालेञ्जको रुपमा आफ्ना पार्टनरसँगको फोटो फेसबुकमा शेयर गरिसकेका छन् ।
भारतको पुणे प्रहरीले त आफ्नो ट्वीटर ह्याण्डलमार्फत प्रयोगकर्ताहरुलाई यो च्यालेञ्जबाट जोगिन अनुरोध गरेको छ ।
यस प्रकारका च्यालेञ्ज चलाएर ह्याकरले प्रयोगकर्ताका निजी तस्वीरहरुलाई निशाना बनाउँछन् । जसलाई विश्वभर रिभेञ्ज पोर्न तथा डिप फेक प्रविधिको शिकार बनाइने विज्ञहरु बताउछन् ।
कयौं व्यक्तिहरु, खास गरेर महिलाहरु डिप फेकको शिकार हुने गरेका छन् । जसमा आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरेर कसैको तस्वीर अर्को कुनै व्यक्तिको शरीरमा यसरी जोडिन्छ कि त्यो वास्तविक जस्तै देखिन थाल्छ ।
आम सर्वसाधारणदेखि ठूला सेलिब्रेटी समेत यस किसिमका डिप फेकका शिकार भइसकेका छन् । केही दिनको अन्तरालमा सामाजिक सञ्जालमा फरक फरक किसिमका च्यालेञ्जहरु आइरहेका छन् ।
यस्तैमा आएका च्यालेञ्ज मध्ये कपल च्यालेञ्ज पनि एक हो । कपल च्यालेञ्जमा सहभागी केही व्यक्तिको फोटो पोर्नग्राफिक साइटहरुमा देखिएका खबर आउन थालेका छन् ।
विज्ञहरुका अनुसार डिप फेक बाहेक यस किसिमका च्यालेञ्जबाट व्यक्तिका सम्पूर्ण निजी जानकारी निकालिन्छ । त्यसैको आधारमा ब्ल्याकमेल समेत हुनसक्ने खतरा रहन्छ ।