विषेश हुन्छ आइतबार, के गर्दा हुन्छ लाभ ?

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  ८ : २६


सनातन धर्ममा हरेक दिन वा बार धर्म शास्त्रअनुसार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ ।

आइतबारको दिन सूर्य देवको पुजा गर्ने दिनको रुपमा मानिन्छ। आइतबार सूर्य देवतालाई पूजा गर्नाले विशेष गरी समाजमा आदर र सम्मान पाउने विश्वास रहेको छ । साथै यस दिन सूर्यको मन्त्रलाई जप गर्नाले कुण्डलीमा भएको सूर्यदोष जाने पनि मान्यता रहेको छ ।

पूजा गर्ने बिधि : आइतबारको दिन बिहान छिटै उठेर नुहाउने र कुनै मन्दिर गई भगवानको दर्शन गर्ने। त्यसपछि सूर्यदेवलाई जल चढायो भने कुण्डलीमा भएको दोष नाश हुन्छ। पूजामा सूर्य देवलाई मनपर्ने रातो फूल, रातो चन्दन , गुडहलको फूल, र चामल चढाउनुपर्छ। साथै गुड वा गुडबाट बनेको मिठा पनि चढाउनु पर्छ ।

त्यस पश्चात अब यी दुई मध्य कुनै एक मन्त्रको जप गर्नुहोस्

प्रातस् स्मरामि खलु तत्सवितुर्वरेण्यम् रूपं हि मण्डलमृचोथ तनुर्यजूंषि। सामानि यस्य किरणास् प्रभवादिहेतुं ब्रह्माहरात्मकमलक्ष्यमचिन्त्यरूपम्।।

ॐ खखोल्काय शान्ताय करणत्रयहेतवे। निवेदयामि चात्मानं नमस्ते ज्ञानरूपिणे।। त्वमेव ब्रह्म परममापो ज्योती रसोमृत्तम्। भूर्भुवस् स्वस्त्वमोङ्कारस् सर्वो रुद्रस् सनातनस्।

माथि दिइएको मन्त्रको जप गरेर पूजा सकिए पश्चात आफ्नो निधारमा रातो चन्दन लगाउनुहोस् । यसो गर्दा सुर्य दोष नाश हुने भनाई छ।

शास्त्रहरुका अनुसार जो व्यक्तिले सधैँ विहान सूर्य देवलाई अर्घ्य दिन्छ, उसलाई कहिले पनि कुनै चीजको कमी हुँदैन। यदी तपाईंलाई सधैँ यसो गर्न समय अनुकुल हुँदैन भने आइतबार विहान चाहिँ जरुर सूर्यको उपासना गर्नुहोस्।

तामाको धातुमा सूर्यका अधिपत्य स्थापित छ त्यसैले भगवान आदित्य नारणलाई जल अर्पण गर्दा तामाको भाडोको प्रयोग गर्नुपर्छ । पानीको भाँडोमा अक्षता, रातो फूल तथा रातो खुर्सानीको केही दाना राख्नेले फाइदा हुन्छ । जल अर्पण गर्दा यो मन्त्रको उच्चारण गर्नुहोस् ।

ॐ सूर्याय नमः

सूर्याय नमः ॐ ह्रीं ह्रीं सूर्याय नमः
ऊँ घृणिः सूर्यादित्योम
ऊँ घृणिः सूर्य आदित्य श्री
ऊँ ह्रां ह्रीं ह्रौं सस् सूर्यायस् नमः

हरेक आइतवार गर्नुहोस् यी काम

शास्त्रमा दानको ठूलो महत्व दर्साइएको छ। आफ्नो सामर्थ्य अनुसार तामाको भाँडा, रातो कपडा, गहुँ, शखर र रातो चन्दन दान गर्दा पुण्य मिल्ने छ।

ननुहाइकन सूर्य भगवानलाई जल अर्पण नगर्नुहोस्।

आइतबारको दिन भगवान सूर्यलाई अर्घ्य दिएर दिनको शुरुवात गरेको खण्डमा साता भर सफता मिल्ने धार्मिक मान्यता रहेको छ।


प्रतिक्रिया दिनुहोस्