एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले लगातार चौंथो जित निकालेको छ ।
घरेलु मैदानमा शनिबार राति ब्राइटनलाई ४-२ गोल अन्तरले पराजित गर्दै एभर्टनले लगातार चौंथो जित निकालेको हो ।
गोडिसन पार्कमा एभर्टनलाई जित दिलाउन जेम्स रोड्रिगेजले दुई गोल गरे । यस्तै डोमिनिक लेविन र एरि मिनाले एक एक गोल गरे ।
ब्राइटनका निल माउपे र युभेस बिसोउमाले एक एक गोल फर्काए ।
खेलको १६ औं मिनेटमा लेविनले गोल गर्दै एभर्टनलाई अग्रता दिलाएका थिए ।
४१ औं मिनेटमा माउपेले गोल गर्दै ब्राइटनलाई १-१ गोलको बराबरीमा फर्काए ।
खेलको ४५ औं मिनेटमा मिनाले गोल गर्दा पहिलो हाफमा एभर्टन २-१ ले अघि रह्यो ।
खेलको ५२ औं मिनेटमा रोड्रिगेजले गोल गर्दै एभर्टनको अग्रता ३-१ को बनाए । ७० औं मिनेटमा रोड्रिगेजले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४-१ को अग्रता दिलाए ।
त्यसपछि खेलको इन्जुरी समयमा ब्राइटनका बिसोउमाले थप एक गोल फर्काएपनि एभर्टन ४-२ ले विजयी भयो ।
घरेलु मैदानको जितसँगै एभर्टन तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
एभर्टनले ४ खेलमा ४ जितसहित १२ अंक जोडेको छ ।
ब्राइटन ४ खेलमा ३ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।