गगन थापा सहित काँग्रेसका दर्जनौं नेतालाई कोरोना संक्रमण

प्रकाशित मिति : १७ आश्विन २०७७, शनिबार  ९ : २८


काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापा, अर्जुननरसिंह केसी लगायतका दर्जनौं नेतामा कोरोना संक्रमण पुष्टि भएको छ।

सोमबारका लागि बोलाइएको केन्द्रीय समिति बैठक अघि गरिएको कोरोना परीक्षणमा केसी सहित कल्पना चौधरी, शम्भुलाल श्रेष्ठसहितका नेतामा संक्रमण पुष्टि भएको छ।

काँग्रेस स्रोतका अनुसार ७० जना नेतामा संक्रमण पोजेटिभ देखिएको छ।

केन्द्रीय समिति बैठकअघि बिहीबार कांग्रेका नेता, केन्द्रीय कार्यालयका कर्मचारी र सुरक्षाकर्मी गरी २७० जनाको कोरोना परीक्षण गरिएको थियो।

यीमध्ये अझै केहीको रिपोर्ट आउन बाँकी रहेको स्रोतले जनाएको छ। पूर्वस्वास्थ्यमन्त्री समेत रहेका नेता गगन थापाले सामाजिक सञ्जाल मार्फत आफू घरमै आइसोलेसनमा बसेको बताएका छन्।

नेता अर्जुन नरसिंह केसीले आफूले स्वाब परिक्षण गराएको रिपोर्ट मिडियाबाट थाहा पाउनु दु:खद भएको बताएका छन्।

नेता केसीले कोरोनाको रिपोर्टबारे पार्टी कार्यालयले आफूहरुलाई जानकारी नदिई पहिला मिडियालाई खबर गरेकोमा आपत्ती जनाएका छन्।


नेपाली कांग्रेसले आफ्ना केन्द्रीय पदाधिकारी र सदस्यहरु, उनीहरुको सुरक्षाकर्मी र चालकको शुक्रवार स्वाब परिक्षण गराएको थियो।

७० जनामा कोरोना संक्रमण पुष्टी भएपछि सोमबारको केन्द्रीय समिति बैठक अनिश्चित बनेको छ। केन्द्रीय समिति अघि भोलि पदाधिकारी बैठक बस्दैछ।


प्रतिक्रिया दिनुहोस्