प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार र स्वकीय सचिवलाई पनि संक्रमण

प्रकाशित मिति : १७ आश्विन २०७७, शनिबार  ४ : ५८


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका तीनजना सल्लाहकार र एकजना प्रमुख स्वकीय सचिवलाई कोरोना पुष्टि भएको छ।

प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार सूर्य थापा र परराष्ट्र सल्लाहकार राजन भ्टराईले आफूलाई कोरोना पुष्टि भएको जानकारी गराएका छन्।

त्यस्तै प्रमुख स्वकिय सचिव इन्द्र भण्डारीलाई पनि कोरोना पुष्टि भएको छ । उनीहरुले सामाजिक सञ्जालमार्फत कोरोना पुष्टि भएको बताएका छन्।

यसअघि प्रधानमन्त्रीको सचिवालयमा कार्यरत राजन काफ्ले र निजी चिकित्सक दीव्या सिंहलाई पनि कोरोना पुष्टि भएको थियो।


प्रतिक्रिया दिनुहोस्