प्रधानमन्त्रीको सचिवालयका ४ सदस्यलाई कोरोना संक्रमण

प्रकाशित मिति : १७ आश्विन २०७७, शनिबार  ४ : ४२


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमाल र प्रेस सल्लाहकार सूर्य थापालाई कोरोना संक्रमण भएको छ।

रिमालले सामाजिक सञ्जाल मार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन्।

शुक्रबार गरिएको परीक्षणमा उनमा कोरोना पोजेटिभ देखिएको हो। कोरोना भेटिएपछि रिमालले आफ्नो सम्पर्कमा आएकालाई आफ्नो स्वास्थ्यको ख्याल गर्नसमृत आग्रह गरेका छन्।

‘हिजो गरिएको पीसीआर परीक्षणमा ममा पनि कोरोना पोजिटिभ देखियो’, उनले ट्विटरमा लेखेका छन्, ‘यस बीच मसँग सम्पर्कमा आउनु भएका सबै माहानुभवले आफ़्नो स्वास्थ्यको ख्याल गर्नुहुन आग़्रह गर्दछु।’

प्रेस सल्लाहकार थापाले पनि फेसबुकमार्फत आफूलाई कोरोना पोजेटिभ भएको बताएका छन्।

उनले लेखेका छन्–”हिजोको पीसीआर परीक्षणबाट म मा पनि कोरोना पोजेटिभ देखियो । यसबीचमा मसँग सम्पर्कमा आउनुभएका सबै महानुभावले आफ्नो स्वास्थ्यको ख्याल गर्नुहुन अनुरोध छ।”

यस्तै, विदेश मामिला सल्लाहकार राजन भट्टराई र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई पनि संक्रमण देखिएको छ ।


प्रतिक्रिया दिनुहोस्