गगन थापा भन्छन्, ‘सरकारलाइ डा.केसीको जीवनरक्षाको होइन, मन्त्री कसलाई बनाउने भन्ने चिन्ता छ’

प्रकाशित मिति : १७ आश्विन २०७७, शनिबार  २ : ०२


काठमाडौं । नेपाली काँग्रेसका सांसद गगन थापाले विगत २० दिनदेखि भोकभोकै संघर्षमा उत्रेका वरिष्ठ डा.गोविन्द केसीको जीवनरक्षा गर्न माग गरेका छन्।

जुम्लाबाट अनसन सुरु गरेका डा केसीले आमरण अनसनमा बसेको आज २० औं दिन हो।

सरकारले अहिलेसम्म डा.केसीका माग सम्बोधनका लागि कुनै तत्परता देखाएको छैन। बरु, माग पुरा भएको भन्दै डा केसीलाई अनसन तोड्न सरकारले आग्रह गरेको छ।

डा केसीले आफ्ना माग पूरा नभएसम्म कुनैपनि उपचार नगर्ने अडान लिएका छन्।

यसैबीच, काँग्रेस सांसद थापाले सरकारको ध्यान डा केसीको जीवन रक्षा भन्दा मन्त्री कसलाई बनाउँने भन्नेमा केन्द्रीत रहेको टिप्पणी गरेका हुन।

सामाजिक सञ्जाल ट्विटमा नेता थापाले यस्तो लेखेका छन्।


प्रतिक्रिया दिनुहोस्